Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी–सरकार सम्झौता कोसेढुङ्गा सावित हुने प्रधानमन्त्रीकाे विश्वास

जेनजी–सरकार सम्झौता कोसेढुङ्गा सावित हुने प्रधानमन्त्रीकाे विश्वास

काठमाडाैँ :  प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधि र सरकारबिच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी छन् ।

बुधवार सिंहदरबारमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उनले जेनजी तथ शहीद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा समय लागेपनि महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताइन् ।

उनले विश्व भरीका देशहरुमा नेपाल जेनजी आन्दोलनको अग्रज मुलुक रहेको बताउँदै सरकार र जेन जी प्रतिनिधिबीच भएको यस सम्झौतालाई अन्य देशहरुले समेत अनुसरण गर्ने विश्वास व्यक्त गरिन् ।यस सम्झौताले भविष्यमा हुने आन्दोलनलाई हिंसारहित बनाउन मार्गनिर्देशन उनको भनाइ छ । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद र घाइतेहरूका मागहरु पुरा गर्न सरकार अहोरात्र लागिपरेको समेत बताइन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट