Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बर्दिया घटनाबारे छानबिन गर्न बनेको समितिले काम थाल्यो

बर्दिया घटनाबारे छानबिन गर्न बनेको समितिले काम थाल्यो

बर्दिया  : नागरिकता नपाउँदा बर्दियामा बाबुछोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ।समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र ६१ वर्षीय बुवा कान्छा थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ। वडा कार्यालयमै पुगेर अनिता थारुको जन्मदर्ता र कान्छा थारुको मृत्युदर्ता गराएसँगै उक्त समस्या निराकरण भएको अर्यालले जानकारी दिए।

अञ्जुका श्रीमान् अनिल थारुविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको भन्दै उनले मानवअधिकार आयोगले पनि यसमाथि छानबिन गरिरहेको जानकारी दिए।

समिति संयोजक सुरेश पन्थीको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेर समग्र वस्तुस्थितिबारे सर्वपक्षीय छलफल गरेको थियो।

बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारुको नागरिकता नहुँदा उनले अंश नपाएपछि उनले आत्महत्या गरेर ज्यान गुमाएकी थिइन्। यही घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सिडिओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट