Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मूर्तिकार बालकृष्ण तुलाधरको निधन

मूर्तिकार बालकृष्ण तुलाधरको निधन

काठमाडौँ : मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो ।

सहिद गेट र टुँडिखेलको शाही मञ्चमा बनेका शालिक उहाँले बनाउनुभएको हो । सहिद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै सहिद गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक उहाँले बनाउनुभएको हो ।

उहाँले सैनिक मञ्च टुँडिखेलमा रहेको शाही मञ्चमा रहेका ६ जना सिपाहीको शालिकसमेत बनाउनुभएको हो । तुलाधर नेपाली मूर्तिकलाका प्रख्यात कलाकारका रुपमा चिनिनुहुन्छ । उहाँले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा मूर्ति बनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट