काठमाडौँ : मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा उदयपुर र रुपन्देहीमा गरी दुई जनाको मृत्यु भएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, थुलुङ डाँडास्थित सडकमा बा.९२ प ०८९७ नम्बरको मोटरसाइकल र प्र.१-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
मंगलबार दिउँसो भएको दुर्घटनामा प्र.१-०५-००२ प ०५८९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५८ वर्षीय भक्तराम राई को मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले बा.९२ प ०८९७ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, रूपन्देहीको सैनामैना नगरपालिका-६, क्याम्पस गेटस्थित सडकमा लु.प्र ०१-००१ च ११२४ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका-५ प्रगतीटोल बस्ने ७० वर्षीय छबिलाल घिमिरे को मृत्यु भएको छ। मंगलबार राति भएको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको चौराह हस्पिटल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij