काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मण पन्थी नियुक्त भएका छन्।नेपाल सरकार मन्त्रिपरिषद्ले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो।
पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट बिहीबार नियुक्तिपत्रसमेत लिएका छन्।पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन्।नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij