Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सडकका बिरुवामा क्षति पुर्‍याउनेलाई एक लाख १० हजार जरिबाना

सडकका बिरुवामा क्षति पुर्‍याउनेलाई एक लाख १० हजार जरिबाना

ललितपुर :  अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्‍याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएकाे छ ।श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो ।

बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गएको हाछेथु बताउँछन् । यो जरिवानाले अन्यलाई सजग बनाउने विश्वास उनले व्यक्त गरे महानगरपालिकाले यसअघि पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गर्नेहरूलाई पनि चर्को जरिबाना तिराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट