Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आजदेखि नागढुंगा–मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने

आजदेखि नागढुंगा–मलेखु सडक दिउँसो ५ घण्टा बन्द हुने

काठमाडौं : नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आजदेखि पुस १ सम्म दैनिक ५ घन्टा बन्द हुने भएको छ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गर्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुने जनाएका छन्। सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समयभन्दा अगाडी वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ।

सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिनेछ। सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

मुग्लिङबाट काठमाडौंतर्फ आउने सवारी साधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछन। साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।

सीतापाईला भीमढुंगा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिनेछ। रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट