Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

रोयल इन्फिल्डको ‘हन्टर ३५०’ नयाँ २०२५ संस्करण नेपालमा सार्वजनिक

रोयल इन्फिल्डको ‘हन्टर ३५०’ नयाँ २०२५ संस्करण नेपालमा सार्वजनिक

काठमाडौं : रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक–रोड्स्टर मोडेल ‘हन्टर ३५०’ को नयाँ २०२५ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रमुख सहरहरूको जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन, उच्च ग्राउन्ड क्लिरेन्स र नयाँ सुविधा समेटिएको यो मोडेल कम्पनीले सोमबार (मंसिर २२) प्रस्तुत गरेको हो।

नयाँ हन्टर ३५० चार प्रकारका ‘सिटी–इन्स्पायर्ड’ रङमा उपलब्ध छ—रियो सेतो, टोकियो कालो, लन्डन रातो र ग्राफाइट खरानी। यी रङ विश्वका सहरहरूको सांस्कृतिक पहिचान र सौन्दर्यबोधलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।

यस संस्करणमा पहिलोपटक ३५० सीसी मोडेलमा स्लिप–एसिस्ट क्लच जडान गरिएको छ। साथै, परिमार्जित सस्पेन्सन, १६० मिलिमिटर ग्राउन्ड क्लियरन्स, सुधारिएको सिट, र डब्लु–च्यानल एबीएस प्रणाली प्रयोग गरिएको छ। ३४९ सीसी जे–सिरिज इन्जिनले सहरी सडकमा चुस्त र स्थिर प्रदर्शन दिने दाबी कम्पनीले गरेको छ।

सन् २०२२ मा पहिलोपटक बजारमा आएको हन्टर ३५० हालसम्म विश्वभर सात लाखभन्दा बढी बिक्री भइसकेको बताइएको छ।

रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाका अनुसार, नेपालमा मोटरसाइकल जीवनशैलीकै हिस्सा भएकाले नयाँ हन्टर ३५० नेपाली सहरी सडक र युवापुस्ताको गतिसँग मेल खाने खालको बनाइएको हो।

मूल्य सूची

  • सिंगल टोन: रियो सेतो, ड्यापर खरानी र ग्राफाइट खरानी — रु. ४,९४,९००

  • डबल टोन: टोकियो कालो, लन्डन रातो, र रेबेल निलो — रु. ४,९९,९००

देशभरका शो–रुममा बुकिङ तथा टेस्ट–राइड खुला गरिएको कम्पनीले जनाएको छ। सार्वजनिक कार्यक्रममा प्रारम्भिक ११ जना बुकिङकर्तालाई मोटरसाइकलको साँचो हस्तान्तरण गरिएको थियो।

रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो, जसले सन् १९०१देखि मोटरसाइकल उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट