Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुख्यमन्त्री बानियाँद्वारा स्वास्थ्य पहुँचमा प्रदेशको प्रतिबद्धता सार्वजनिक

मुख्यमन्त्री बानियाँद्वारा स्वास्थ्य पहुँचमा प्रदेशको प्रतिबद्धता सार्वजनिक

सिन्धुली : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता भएको बताएका छन्। तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले संविधानले सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार लागि परेको बताए।

मुख्यमन्त्री बानियाँले भने, “रोगमुक्त समाज र निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ। नवजात शिशु कुपोषणको जोखिम कम गर्न र दीर्घ रोग भएका नागरिकलाई सरल सेवा दिन स्वास्थ्य सेवा प्रवाहमा जोड दिइएको छ।”

उनले विकासका पूर्वाधारसँगै नागरिकलाई सीप र लगानीमैत्री बनाउने कार्यक्रममा प्रदेश सरकार सक्रिय रहेको उल्लेख गरे। “बाटो मात्र निर्माण गर्नु पर्याप्त छैन, खल्तीमा आम्दानी कसरी आउँछ भन्ने सीप पनि दिन आवश्यक छ,” उनले भने।

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनबीच विकासका पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए। पालिकामा कृषि, पशुपालन जस्ता क्षेत्रमा नागरिकको आर्थिक समृद्धिका लागि कार्यक्रमहरू पनि सञ्चालनमा छन्।

नगर अस्पताल भवन निर्माणमा करिब १२ करोड रूपैयाँको लगानी भएको छ। कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे, संविधानसभा सदस्य मोहन बराल र नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij