काठमाडौँ : नेपाल लोक नृत्य सेन्टरले नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’ को दोस्रो संस्करण घोषणा गरेको छ। प्रतियोगिता घोषणा कार्यक्रममा नृत्य निर्देशक सङ्घ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइराला, निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल लगायतको उपस्थिती रहेको थियो।
प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ:
जुनियर समूह: कक्षा २–५ का विद्यार्थी
सिनियर समूह: कक्षा ६–१० का विद्यार्थी
प्रतियोगिताको निर्णायकमा शम्भु शाही, अनिता गोले तामाङ, रमेश बुढाथोकी, कृष्ण रसाल रहेका छन्। अडिसन राउण्डबाट छनोट भएका विद्यार्थीहरूलाई नृत्य कार्यशालामा प्रशिक्षक दक्षिणा लामा दावा, सरोज श्रेष्ठ, अभि वाग्ले बाट तालिम दिइनेछ।
विजेतालाई प्रथम पुरस्कारमा २० हजार, दोस्रोमा १० हजार, तेस्रो ७ हजार, चौथो ५ हजार र पाँचौं पुरस्कार ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजक केशव कोइरालाले प्रतियोगिता बालबालिकालाई नृत्यमा सक्रिय बनाउने, कलासंस्कृति, भेषभूषा र मौलिकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij