काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको गोवा र उत्तरप्रदेशमा आगलागीका घटनामा परी निधन भएका नेपालीका शव व्यवस्थापन र आवश्यक राहत प्रदान गर्न सरकारसँग छिटो कूटनीतिक कदम चाल्न आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले भनेका छन् कि “सात नेपालीको मृत्यु भएको दुःखद खबरले म स्तब्ध छु। मृतक दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सरकारले आवश्यक राहत र शव व्यवस्थापनका लागि छिटो कदम चालोस्।”
प्रचण्डले पार्टीको प्रवास समितिलाई सम्बन्धित कार्यमा समन्वय र सहजीकरणका लागि निर्देशन पनि दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij