Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा

अख्तियारका दुई सहसचिव सचिवमा बढुवा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत दुई सहसचिव सचिवमा बढुवा भएका छन्। अख्तियारका सहसचिवद्वय पुष्कर सापकोटा र राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा भएका हुन्।

सापकोटा कानुनतिरको सचिवमा बढुवा भएका हुन् भने प्रशासनतिरको सचिवमा पौडेल बढुवा भएका छन्। सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ। पौडेललाई कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट