काठमाडौं : आज भ्रष्टाचारविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरि मनाइदैछ।हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचारविरुद्धको दिवस मनाउने गरिन्छ। सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मान्यता दिएको हो।
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ।
नेपालमा कुनैपनि संस्था वा सरकारका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दुरुपयोग गरेमा कारवाही गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij