Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यातायात विभागले छाप्यो ४८० सवारी चालक लाइसेन्स

यातायात विभागले छाप्यो ४८० सवारी चालक लाइसेन्स

काठमाडौँ : यातायात व्यवस्था विभागले हालसम्म ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको जानकारी सार्वजनिक गरेको छ। सोमबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका लाइसेन्सबारे सूचना दिएको हो।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिनमा क्षति पुगेको थियो। त्यसपछि विभागले एक महिनादेखि सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छाप्ने प्रक्रिया अगाडि बढाएको हो।

आगजनीका कारण विभागको सर्भरमा समेत क्षति पुगेको थियो। यसले गर्दा एसएमएस मार्फत स्वतः ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको छ। त्यसैले विभागले फेसबुक पेजमार्फतै लाइसेन्स छापिएको जानकारी सार्वजनिक गर्न बाध्य भएको बताएको छ।

अब आवश्यक सवारी चालक अनुमतिपत्र प्राप्त गर्न चाहनेले भौतिक रूपमा वा अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था रहेको छ। विभागका अनुसार, हाल अत्यावश्यक आवश्यकतामा रहेका व्यक्तिहरूको फारम भरेपछि मात्र लाइसेन्स छापिने व्यवस्था लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट