Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

रसुवा : रसुवामा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।

उनीहरूलाई आज बिहान मात्रै भालुको आक्रमणमा परेका हुन् । घाँस काट्दै गरेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको थियो । भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको रसुवा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट