Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

फिल्म ‘परान’को व्यापार १७ करोड नजिक

फिल्म ‘परान’को व्यापार १७ करोड नजिक

काठमाडौँ : दीपक आचार्य निर्देशित फिल्म ‘परान’को व्यापार १७ करोड नजिक पुगेको छ । चलचित्र विकास बोर्डको बक्स अफिसको गत मंसिर २० गतेसम्मको रिपोर्ट अनुसार फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ कमाइ गरेको छ । त्यसैगरी सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँ कमाएको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ले ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ कमाएको छ । टंक बुढाथोकी निर्दशित फिल्म ‘मन विनाको धन’ले ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कमाएको छ ।

एकता पौडेल निर्देशित ‘हर्ष’को व्यापार भने निकै कम छ । फिल्मले२८ लाख २ हजार ३ सय ४६ मात्र कमाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट