बागलुङ : बागलुङको कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण छ वर्षमा मात्र ६५ प्रतिशत काम सकिएको छ। विसं २०७६ असोजमा दुई वर्षमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको सडकमा समयमै कालोपत्र नहुँदा स्थानीय बर्खा र हिउँदमा धुलो र हिलोले सास्ती भोग्न बाध्य छन्।
जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई जोड्ने यो प्रमुख सडक रु २४ करोड ५८ लाखमा २०७८ सालमा सम्पन्न हुने लक्ष्य राखेर ठेक्का गरिएको थियो। काम समयमै नसकेपछि पाँच पटक म्याद थप गरिएको थियो।
पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसका अनुसार, सडकलाई दुई खण्डमा विभाजन गरी चिसो बढेसँगै रुम्टाखोलासम्म कालोपत्र सुरु गरिसकिएको छ, बाँकी सडक चैतपछि कालोपत्र हुने बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij