सल्यान : रोकिराखिएको बस पछाडि ब्याक गर्ने क्रममा अचानक ब्रेक फेल हुँदा भएको दुर्घटनामा चालक घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको उक्त दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे रोकेर राखिएको ना. ४ ख ६२३२ नम्बरको खाली बस स्टार्ट गरी ब्याक गर्ने प्रयास गर्दा ब्रेक फेल भएपछि बस सडकबाट करिब ४०–४५ मिटर तल खसेको हो। बस खस्दा चालक बिकको बायाँ खुट्टासहित शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चालकको अवस्था मध्यम रहेको र उनलाई तत्काल उपचारका लागि बागचौर पोलिक्लिनिक थारमारे पठाइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय थारमारेबाट ट्राफिकसहितको प्रहरी टोली तत्कालै घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij