Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पर्यटकको पर्खाइमा ३ करोडको सांस्कृतिक डबली

पर्यटकको पर्खाइमा ३ करोडको सांस्कृतिक डबली

पाल्पा : लुम्बिनी प्रदेश सरकारले २०७७ मा पाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा निर्माण सुरु गरेको सांस्कृतिक डबली संरक्षणको अभावमा अलपत्र परेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल नुवाकोटमा सांस्कृतिक डबली सञ्चालन गरेर पर्यटकहरूको आवागमन बढाउने लक्ष्य अनुरूप ३ करोड ८५ लाख बजेटमा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन ।

निर्माण भएको चार वर्ष सम्म डबली बेवारिसे बन्न पुगे पछि अहिले डबली क्षेत्र घाँसे मैदानमा परिणत भएको छ । स्थानीय सरकार तिनाउ गाउँपालिकाले यसअघिका सरकार समक्ष डबली सञ्चालनको अधिकार माग गर्दै आएको थियो । तर पालिकाले यो अधिकार पाउन सकेको थिएन । तर वर्तमान लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको पहलमा डबली हस्तान्तरणको प्रक्रिया सुरु भएको छ ।

डबली सञ्चालनमा आयो भने नुवाकोटमा पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ । बुटवलबाट नुवाकोट सम्म केबुल कार हालै देखि सञ्चालनमा आएकाले पर्यटकहरूको सङ्ख्या नुवाकोटमा बढिरहेको छ । त्यहाँ निजी क्षेत्रबाट हालै मात्रै केबुलकार सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट