Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भेडेटार–धरान मार्गमा दुर्घटना: रोहन कामतको मृत्यु, ११ घाइते

भेडेटार–धरान मार्गमा दुर्घटना: रोहन कामतको मृत्यु, ११ घाइते

धरान : धरान उपमहानगरपालिकामा भेडेटारबाट आएका एक टाटा योद्धा पिकअप गाडी पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

गोर्खा वेल्फेयर मोड नजिक शनिवार राति पल्टिएको गाडीमा सवार विराटनगर–६ का २१ वर्षीय रोहन कामतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिनुभयो।

घाइते ११ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घाइतेमा इटहरी, विराटनगर, दुहबी र ताप्ली क्षेत्रका विभिन्न नागरिकहरु रहेका छन्।

प्रहरीका अनुसार, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij