Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बर्दियाको युवती आत्महत्या घटनामा गृह मन्त्रालयले छानबिन समिति गठन

बर्दियाको युवती आत्महत्या घटनामा गृह मन्त्रालयले छानबिन समिति गठन

काठमाडौँ : गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाउँदा आत्महत्या गरेको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।

सहसचिव तथा नीति, योजना अनुगमन र मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका उपसचिव कुलशेखर अर्याल र एक सदस्य रहनेछन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिलाई पाँच दिनभित्र निष्पक्ष प्रतिवेदन पेश गर्न आदेश दिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री सुशिला कार्कीले पनि घटनाको सत्यतथ्य छानबिनका लागि गृहमन्त्रीलाई निर्देशन दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij