Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुर्खेत आँखा अस्पतालले उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी

सुर्खेत आँखा अस्पतालले उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी

सुर्खेत : सुर्खेत आँखा अस्पतालले उपविशिष्टिकृत आँखा उपचार सेवा सञ्चालनको तयारी थालेको छ। अस्पतालले बाल आँखा उपचार (नवजात शिशु), रेटिना उपचार र जलविन्दु सेवा थालनी गर्न आन्तरिक तयारी तीव्र बनाएको छ।

यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्था गरिरहेको छ। उपविशिष्टिकृत सेवा सुरु भएमा, आँखा उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

अस्पतालकी मेडिकल निर्देशक डा. आकाङ्क्षा रानाले बताइन्, “हामी बाल आँखा उपचार, रेटिना र जलविन्दु सेवाको तयारीमा छौँ। रेटिना उपचार सुरु भइसकेको छ भने अन्य सेवा छिट्टै उपलब्ध हुनेछन्।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कर्णाली प्रदेशमा अन्धोपनको दर उच्च छ, जहाँ कूल जनसंख्याको करिब १ प्रतिशत अन्धोपनका कारण प्रभावित छन्। हाल कर्णालीका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसंख्या रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij