Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

१३ वर्षीया अंशु गौतम हत्या प्रकरणका मुख्य आरोपी पदम अधिकारी विराटनगरमा पक्राउ

१३ वर्षीया अंशु गौतम हत्या प्रकरणका मुख्य आरोपी पदम अधिकारी विराटनगरमा पक्राउ

विराटनगर : मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा फरार मुख्य आरोपी पदम अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अधिकारी मृतक गौतमका छिमेकी हुन्।

घटनापछि अधिकारी भारतको आसाम, तीनसुकिया भागेको खुल्न आएको छ। अनुसन्धानका क्रममा अंशुको हत्यामा उनको सीधा संलग्नता पुष्टि भएपछि प्रहरीले पछ्याउँदै उनलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक बयानमा अधिकारीले हँसियाले रेटेर र खुकुरी प्रहार गरी अंशुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति घर फर्किएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। मृतक अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ। असोज २१ गतेबाट हराइरहेकी अंशुको शव १८ दिनपछि चिसाङ खोलानजिकैको जंगलमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij