Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रौतहटमा बस–मोटरसाइकल ठक्करमा १ जनाको मृत्यु, परिवारले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहटमा बस–मोटरसाइकल ठक्करमा १ जनाको मृत्यु, परिवारले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ : रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएपछि मृतक परिवारले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। दुर्घटना शुक्रबार साँझ बसको ठक्करका कारण भएको थियो। पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेको बताइएको छ।

दुर्घटनाको समयमा मृतकसँगै उनका तीन सन्तान मोटरसाइकलमा सवार थिए, जो अहिले उपचारका लागि अस्पतालमा राखिएका छन्।

चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाही पुल नजिक, चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा बृन्दावन नगरपालिका–२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij