Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ललितपुर मेयर महर्जनद्वारा नवनिर्मित प्रशासकीय भवन ब्लक बी उद्घाटन

ललितपुर मेयर महर्जनद्वारा नवनिर्मित प्रशासकीय भवन ब्लक बी उद्घाटन

ललितपुर : ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका बेलामा पनि महानगरपालिकाले आफ्नो दायित्व पूरा गर्न कुनैपनि अवस्था पछि नहटेको बताउनुभएको छ। शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उहाँले जेनजी आन्दोलनको समयमा समेत आगलागी र अन्य विपद् व्यवस्थापनमा महानगरपालिकाले ठूलो सफलता हासिल गरेको बताउनुभयो।

मेयर महर्जनका अनुसार, विपद् व्यवस्थापनका लागि आवश्यक सबै साधन एकै छानामुनि राखिएको छ र छिट्टै थप दुई वटा एम्बुलेन्स थप गर्ने तयारी भइरहेको छ। “हामीले डिआरआर प्रणालीमा दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी र अन्य आवश्यक साधनहरूको समन्वय गरिसकेका छौँ। अब कुनै घटना भएमा एकै चुट्कीमा नगरप्रहरी र दमकल पुग्छन् र एम्बुलेन्सले तत्काल फलो गर्छ,” मेयर महर्जनले स्पष्ट पार्नुभयो।

उहाँले पुल्चोकस्थित जुद्ध बारुण यन्त्रमा सबै अवयव राखेर सेवा प्रवाह गरिँदै आएको जानकारी दिँदै भन्नुभयो, “महानगरपालिकाले आफ्नो जिम्मेवारी कहिल्यै टारेको छैन। यस प्रणालीलाई अझ सुदृढ बनाउँदै, निकट भविष्यमा दुई नयाँ दमकल थप्दैछौँ।”

साथै, मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउन तिब्रता साथ काम अगाडि बढाइरहेको जानकारी दिनुभयो। उनले भने, “हाम्रो लक्ष्य सेवाग्राही केन्द्रित, प्रभावकारी र व्यवस्थित प्रशासन सञ्चालन गर्नु हो, जसले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij