Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्पाइनल इन्जुरी संघ नेपालको दोस्रो ठूलो केन्द्र चितवनमा उद्घाटन

स्पाइनल इन्जुरी संघ नेपालको दोस्रो ठूलो केन्द्र चितवनमा उद्घाटन

चितवन : स्पाइनल इन्जुरीका बिरामीलाई सहज, पहुँचयोग्य र सहुलियत दरमा पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चितवनको नारायणगढ–न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो युनिट संघको दोस्रो ठूलो केन्द्र मानिन्छ।

यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सेवा दिँदै आएको केन्द्रले सफलरूपमा पुनर्स्थापना सेवा प्रदान गर्दै आएको छ। मध्यभाग तथा पूर्व–पश्चिम राजमार्गको केन्द्रमा अवस्थित चितवनमा नयाँ युनिट स्थापना भएपछि स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

नयाँ केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई अस्पताल–आधारित हेरचाहदेखि पुनर्स्थापना र समुदायमा पुनर्एकीकरणसम्मका समग्र सेवा प्रदान गर्नेछ। समुदाय–आधारित पुनर्स्थापना मोडेलका लागि परिचित संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनर्स्थापनाको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।

स्पाइनल इन्जुरी संघ नेपालले देशका अन्य क्षेत्रमा पनि यस्ता सेवा विस्तार गर्ने योजनाअनुरूप चितवनमा दोस्रो ठूलो युनिट सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij