बैतडी : जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
महरा सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदै गरेका मिनी ट्रकका चालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij