Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एक्याप मनाङ स्वास्थ्य शाखाबाट नोभेम्बरमा २५५ जनालाई सेवा

एक्याप मनाङ स्वास्थ्य शाखाबाट नोभेम्बरमा २५५ जनालाई सेवा

मनाङ : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय मनाङको स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा २५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। प्राप्त विवरणअनुसार सेवाग्राहीमध्ये १२५ पुरुष र १३० महिला छन्। सेवाबाट स्थानीय समुदायसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि लाभान्वित भएका छन्।

स्वास्थ्य सेवा शाखाले नियमित स्वास्थ्य परीक्षण, उपचार, परामर्श तथा आकस्मिक स्वास्थ्य सहायता लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। हिमाली क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सीमित रहेको अवस्थामा शाखाद्वारा प्रदान गरिएका सेवाले स्थानीयवासी तथा मनाङ आउने पर्यटकलाई राहत पुगेको कार्यालयले जनाएको छ।

उक्त अवधिमा १५ जनाले उच्च भू–उचाइ (Altitude Sickness) सम्बन्धी समस्या लिएर सेवा ग्रहण गरेका छन्। मनाङ उच्च उचाइमा अवस्थित भएकाले शारीरिक असहजता, श्वासप्रश्वासमा कठिनाइ, चक्कर, टाउको दर्द तथा शरीर सुन्निने समस्या देखिने भएकाले समयमै स्वास्थ्य परामर्श लिन आग्रह गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

स्वास्थ्य सेवा शाखाले उच्च उचाइमा देखिने जोखिम न्यूनीकरणसम्बन्धी जानकारी प्रदान गर्दै पर्यटक तथा स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षित पर्यटन प्रवर्द्धनका लागि स्वास्थ्य सेवा तथा जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij