Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काठमाडौँ महानगर–एसओएस बालग्राम सहकार्य: बालबालिकाको संरक्षण सुनिश्चित

काठमाडौँ महानगर–एसओएस बालग्राम सहकार्य: बालबालिकाको संरक्षण सुनिश्चित

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले अस्थायी संरक्षण र वैकल्पिक स्याहार आवश्यक बालबालिकाको सर्वोत्तम हितमा काम गर्न एसओएस बालग्रामसँग समझदारी गरेको छ। उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र अन्य कार्यपालिकाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यस सहकार्यले जोखिममा रहेका बालबालिकालाई अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, वैकल्पिक हेरचाह, शिक्षा र सामाजिक सुरक्षा जस्ता सेवा प्रदान गर्नेछ। जैविक परिवारसँग बस्ने अवस्था भएमा परिवार सबलीकरण कार्यक्रममार्फत सहयोग गरिनेछ; नभए एसओएसद्वारा संचालित परिवारमा आधारित हेरचाहमा राखिनेछ।

बालबालिकाको अवस्थाबारे पहिलो १५ दिनमा प्रतिवेदन पेश गरिनेछ र त्यसपछि हरेक ६ महिनामा अपडेट गरिनेछ। समझदारी आजैदेखि लागू भएर आउँदो पाँच वर्षसम्मको लागि हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij