काठमाडौं : पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हास्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गरे।
राजदूत हास्मीले पाकिस्तानी सहयोगमा निर्मित अस्पतालको सुदृढीकरणमा निरन्तर सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै यो सहयोग नेपाल–पाकिस्तान सम्बन्धका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे।
नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार हास्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीहरूसँग छलफल गरेका थिए। त्यसअघि उनले लुम्बिनीमा लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग भेटघाट गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij