गण्डकी : गोरखाको गण्डकी गाउँपालिकामा एक हप्ते विषादी सचेतना सम्बन्धि कार्यक्रम हुने भएको छ । गण्डकी गाउँपालिका कृषि विकास शाखा कार्यालयको आयोजनामा डिसेम्बर ३ को नो पेष्टिसाइड डेको अवसर पारेर आजदेखि मंसिर २३ गते सम्म विभिन्न जनचेतनामुलक कार्यक्रम हुने भएको हो ।
गण्डकीको जागरण,विषादी प्रयोगलाई न्यूनिकरण भन्ने मुल नाराकासाथ सञ्चालन गरिने कार्यक्रममा बिशेष गरेर गण्डकी गाउँपालिकाभित्रका कृषकहरुलाई विषादी प्रयोग नगर्न र गर्नै पर्ने भएमा पर्यावरण, माटो र मानव स्वास्थ्यलाई असर नगर्ने जैविक तथा वानस्पतिक विषादी प्रयोग गर्न सचेतना दिनुका साथै रासायनिक विषादी अत्यधिक प्रयोगले माटोको स्वास्थ्य बिगार्ने एंव मानव स्वास्थ्यमा विभिन्न रोगहरु क्यान्सर, स्वासप्रस्वास सम्बन्धि रोग, छाला तथा आखाँ सम्बन्धि रोगहरु लाग्ने हुदाँ जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको गण्डकी गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।
साथै गण्डकी गाउँपालिका कृषि विकास शाखा कार्यालयले यही मंसिर २१ गते वडा नम्बर ७ स्थित श्रीकृष्णचोकमा दिउँसो १२ बजे विषादी सचेतना सम्बन्धि सडक नाटक आयोजना गरिएकाले सो नाटकमा उपस्थित हुन कृषक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij