काठमाडौँ : ललितपुर–१३ एकान्तकुनामा पिकअपले पैदल यात्रीलाई ठक्कर दिँदा करिब ४० वर्षीया महिला मृत्युवरण गर्नुभएको छ। घटना गए राति यातायात कार्यालयअगाडि घटेको हो। मृतक महिला सातदोबाटो जाँदै हुनुहुन्थ्यो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पिकअप प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको थियो। पिकअपले महिलालाई ठक्कर दिएपछि उनी विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको कारमा ठोक्किइन्।
साथै पिकअपको पछाडिबाट दुई मोटरसाइकल ठोक्किएका छन्—ना.५७ प ३९२१ नम्बरको मोटरसाइकल र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरको मोटरसाइकल। ३९२१ नम्बरको मोटरसाइकल चालक अनुराग प्रसाद कुशुहवा घाइते भएका छन्।
पिकअप चालक हेमराज विक (१९, सिन्धुली), कार चालक सुशान्त महर्जन (२८) र ७२४६ नम्बरको मोटरसाइकल चालक सुमित शर्मा (१९, धनुषा) प्रहरीले नियन्त्रणमा लिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij