Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अपाङ्गता समावेशी समाजका लागि आज ३४औं अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता समावेशी समाजका लागि आज ३४औं अन्तर्राष्ट्रिय दिवस

काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज सरकार तथा विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै देशभर मनाइँदैछ।

संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिहरूका हक–अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा यो दिवस मनाउन थालेको हो।

यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ निर्धारण गरिएको छ। दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्न विश्व समुदायको साझा प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ।

अपाङ्गता भएका व्यक्तिका लागि कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, मठ–मन्दिर, सरकारी तथा निजी संरचनामा सहज पहुँच सुनिश्चित गर्ने वातावरण निर्माण अझै आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित समान पहुँच, सम्मानजनक जीवनयापन र सेवामा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा यसको पूर्ण कार्यान्वयन हुनुपर्ने माग निरन्तर उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij