Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

धार्मिक कार्यक्रम बहानामा बालिका शोषण: नेपाली पुरुषलाई २५ वर्ष सजाय

धार्मिक कार्यक्रम बहानामा बालिका शोषण: नेपाली पुरुषलाई २५ वर्ष सजाय

काठमाडौं : बेलायतमा नेपाली समुदायका सात बालिका र एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पिटरबरो निवासी प्रमोद ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ।

धार्मिक कार्यक्रममार्फत समुदायमा नजिकिएको ढकालले दीर्घकालसम्म विभिन्न बालिका तथा महिलामाथि दुर्व्यवहार गर्दै आएको क्याम्ब्रिज क्राउन कोर्टमा सुनुवाइका क्रममा प्रमाणित भएको हो। अदालतमा ८ वर्षीया बालिकासमेत बलात्कारमा परेकाले घटना गम्भीर मानिएको छ।

४९ वर्षीय ढकाल १७ वर्षदेखि धार्मिक गतिविधिमा सक्रिय रहेको र सोही समयदेखि बालिकाहरूलाई लक्ष्य बनाउँदै आएको अभियोजन पक्षले बताएको छ। अदालतले उनलाई १३ वर्षभन्दा कम उमेरका पाँच र १३ वर्षभन्दा माथिका दुई बालिकामाथि बलात्कारसहितका २५ वटा यौन अपराधमा दोषी ठहर गरेको हो।

अभियोजनकर्ता क्लेयर म्याथ्यूजका अनुसार पीडितहरूमध्ये एकले ढकाललाई ‘दोस्रो बुबा’को रूपमा विश्वास गरेको र सांस्कृतिक कारणले बाल्यकालमै बोल्न नसकेको बताएकी छन्।

ढकालका अधिकांश अपराधहरू पीटरबरोमै भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij