रौतहट : गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आज बिहान ८:३० बजे तीन सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटल पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार, बडहर्वातर्फबाट आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको भीआर–०७–पी–७५८४ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो। यस क्रममा बाटोमै रोकी राखिएको ना.२ह–६५२५ नम्बरको अटो पनि ठक्करमा परेपछि दुर्घटना भएको बताइएको छ।
घाइतेहरूको विवरण यस प्रकार छ:
बारा आदर्श कोतवाल–७ का ३० वर्षीय पवन यादव
सर्लाही बरहथवा–१४ का ११ वर्षीय अंकित महतो
गौर–२ का २४ वर्षीय सुरेन्द्र कुमार साह (स्कार्पियो चालक)
राजदेवी–८ का ५० वर्षीय शिवजी साह
मुनामाई–५ का ३९ वर्षीय मंगल पटेल
राजपुर–३ का १० वर्षीय तारिक वस्ता
दुर्घटना भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको र तीनै सवारीसाधन नियन्त्रणमा लिइएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij