काठमाडौं : उपत्यकाका सडकमा बढिरहेका खाल्डाखुल्डीले दुर्घटना र जाम बढाएको गुनासोपछि सडक डिभिजन कार्यालय काठमाडौंले ‘पोटहोल–फ्री’ अभियान सुरु गरेको छ।
यसअन्तर्गत ‘सडक एम्बुलेन्स’ सेवा २४ घण्टा सञ्चालनमा ल्याइएको छ, जसले खतराजनक खाल्डाखुल्डी, भासिने भाग र असमतल स्थानहरूलाई तत्काल मर्मत गर्नेछ।
एम्बुलेन्समा प्राविधिक, उपकरण र आवश्यक सामग्रीसहित विशेष टोली परिचालन गरिएको डिभिजनले जनाएको छ। व्यस्त सडक, सार्वजनिक रुट, विद्यालय–अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।
दुर्घटना न्यूनिकरण, ट्राफिक सहजता र सुरक्षित यातायातका लागि नियमित अनुगमन गर्दै काठमाडौंलाई ‘पोटहोल–फ्री सिटी’ बनाउने लक्ष्य राखिएको कार्यालयले बताएको छ।






© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij