Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बेनी–दरवाङ सडकखण्डमा ट्रक दुर्घटना, चालक घाइते

बेनी–दरवाङ सडकखण्डमा ट्रक दुर्घटना, चालक घाइते

म्याग्दी : बेनी–दरवाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना स्थित घुमाउनेभीरमा आइतबार राति ट्रक दुर्घटना भएको छ। दुर्घटनामा चालक घाइते भएका छन्।

भैरहवाबाट म्याग्दीको मालिका गाउँपालिका–६ का लागि सिमेन्ट ल्याउँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा तानसेन नगरपालिका–८, मदनपोखरा (पाल्पा)का ३४ वर्षीय चालक गोविन्दबहादुर खाम्चा घाइते भएका छन्। उनलाई राति नै उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचार गराइएको प्रहरीले जनाएको छ।

तीनसय ४० बोरा सिमेन्ट बोकेको उक्त ट्रकबाट सिमेन्ट खोलामा खसेर डुबेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij