Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

तीनदिने आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु

तीनदिने आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु

चितवन : आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘र्कािर्डयोपल्मोनरी रिससिटेसन’ (सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तीन दिने आभारभूत उपचार तथा सिपिआर तालिम सुरू भएको छ ।

No description available.

भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा उक्त तालिम सुरू भएको हो । तालिममा अङ्कुरम् एकेडेमी र चितवन स्मार्ट स्काउट क्रुका २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

No description available.

तालिममा चितवन स्मार्ट स्काउट क्रुका पूर्वप्रमुख आयुक्त तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी चितवनका तालिम संयोजक चीजकुमार श्रेष्ठ, प्रशिक्षकद्वय शारदा पौडेल र नरबहादुर के.सी.ले प्रशिक्षण सञ्चालन गरेका छन् ।

No description available.

तालिमले प्रशिक्षार्थीहरुलाई आकस्मिकरुपमा चोटपटक लाग्दा वा बिरामी पर्दा तात्कालिक र सही प्राथमिक उपचार दिन सक्षम बनाउने, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थामा ज्यान बचाउने, दुर्घटनामा लागेको चोटलाई थप गम्भीर हुन नदिन र उपचार सहज बनाउन सहयोग पु¥याउने सिपको विकास गर्ने, जोखिम पहिचान, सुरक्षित ढंगले सहायता, र मद्दत माग्ने सही प्रक्रिया सिकाउने, हृदयघात वा श्वास रोकिने अवस्था आउँदा शीघ्र र प्रभावकारी सिपिआर विधि सिकाउने, एम्बुलेन्स वा चिकित्सक आइपुग्ने समयसम्मका लागि बिरामीको जीवन बाँच्ने सम्भावना बढाउनेलगायतका सिप सिकाउने विश्वास गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम विद्यालयका आवासीय निर्देशक नईम चौधरीको प्रमुख आतिथ्यता, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बरालको सभापतित्वमा उद्घाटन भएको हो । स्काउटर रोभर लिडर आकाश न्यौपानेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य रेन्जर निर्जला श्रेष्ठले गरेकी थिइन् भने प्रमुख अतिथि चौधरीले कार्यक्रमको सफलताको कामना गरेका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij