Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विद्युत् प्रवाहबाट गम्भीर घाइते युवकको बाटोमै मृत्यु

विद्युत् प्रवाहबाट गम्भीर घाइते युवकको बाटोमै मृत्यु

रौतहट :  फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकमा तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मंगलवार राति करेन्टबाट गम्भीर घाइते भएका २२ वर्षीय गणेश महतोको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने १० बजेतिर आफ्नै घरमा माइकको तार जोड्दै गर्दा अचानक विद्युत् प्रवाहमा परेपछि महतो गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारका लागि उनलाई नेशनल हस्पिटल विजयपुर लगिएको र त्यहाँबाट थप उपचारका लागि बाराको कोल्हवीतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको अस्पतालले जानकारी गराएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ। घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij