Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन दुर्घटना: राइना श्रेष्ठको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन दुर्घटना: राइना श्रेष्ठको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

चितवन  :  मंगलबार चितवनमा ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भरतपुर महानगरपालिका–१० मालपोत चोकमा भएको ठक्करमा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्करबाट मोटरसाइकल चालक ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् र उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बुलेटका चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij