Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अर्जुनचौपारीमा २२५९ विद्यार्थीको निःशुल्क आँखा जाँच, २१७ जनामा उपचार आवश्यक

अर्जुनचौपारीमा २२५९ विद्यार्थीको निःशुल्क आँखा जाँच, २१७ जनामा उपचार आवश्यक

स्याङ्जा  :  अर्जुनचौपारी गाउँपालिकाले चार दिनसम्म सञ्चालन गरेको निःशुल्क आँखा जाँच शिविरमा कुल २२५९ जना विद्यार्थीको परीक्षण गरिएको छ। जाँचमा २१७ जना विद्यार्थीलाई थप उपचार आवश्यक रहेको पाइएको छ।

वडा–१ का ७४३ विद्यार्थीमध्ये १०१, वडा–२ र ३ का ५६१ विद्यार्थीमध्ये ४७, वडा–५ का ४२६ विद्यार्थीमध्ये ३४, र वडा–४ र ६ का ५२९ विद्यार्थीमध्ये ३५ जनामा दृष्टि समस्या भेटिएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले भने, “विद्यार्थीको दृष्टि समस्याले पढाइ र विकासमा प्रभाव पार्ने भएकाले विद्यालयमै जाँच गराइएको हो। थप उपचार आवश्यक बालबालिकाको उपचार निःशुल्क उपलब्ध हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार, रेफर गरिएका विद्यार्थीको पहिलो चरणको उपचार गाउँपालिका भवनस्थित आँखा उपचार केन्द्रमार्फत हुनेछ। आवश्यकता परेमा हिमालयन आँखा अस्पताल, पोखरामा निःशुल्क उपचार गरिने व्यवस्था गरिएको छ।

तिवारीले स्थानीय विद्यालय, अभिभावक र स्वास्थ्यकर्मीको सहकार्यले अभियान प्रभावकारी भएको बताउँदै ‘स्वस्थ आँखाबाट उज्यालो भविष्य’ अभियान निरन्तर जारी रहने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij