Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था जटिल

पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना, स्वास्थ्य अवस्था जटिल

ढाका  :  बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया छातीमा सङ्क्रमण देखिएपछि ढाकास्थित एभरकेयर अस्पतालमा भर्ना भएकी छन्। वरिष्ठ चिकित्सकको निगरानीमा उहाँलाई निजी क्याबिनमा गहन उपचार प्रदान गरिँदैछ।

अस्पतालले जनाएको छ कि जियाको स्वास्थ्य आगामी १२ घण्टा अत्यन्तै महत्वपूर्ण रहनेछ। मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार उहाँलाई पहिलेबाटै मुटुको समस्या, पेसमेकर र स्टेन्टिङ रहेको छ र हाल छातीको सङ्क्रमणले स्थिति जटिल बनेको छ। प्रारम्भिक जाँचपछि एन्टिबायोटिक थालनी गरिएको छ र थप परीक्षणका नतिजा २४ घण्टाभित्र आउने अपेक्षा गरिएको छ।

उहाँको उपचार वरिष्ठ विशेषज्ञ प्रोफेसर साहाबुद्दिन तालुकदारको प्रत्यक्ष निगरानीमा भइरहेको छ। विस्तारित मेडिकल बोर्डमा अन्तर्राष्ट्रिय विशेषज्ञ तथा परिवारका सदस्यहरू संलग्न छन्। जियाका निजी चिकित्सक प्रोफेसर ए.जे.एम. जहिद हुसेनले उपचार व्यवस्थित र सुरक्षित रूपमा भइरहेको जानकारी दिएका छन्।

७९ वर्षीया खालिदा जिया दीर्घकालदेखि गठिया, मधुमेह, मिर्गौला, फोक्सो समस्याहरू र दृष्टि कमजोर हुने स्वास्थ्य चुनौतीसँग जुध्दै आउनुभएको थियो। उन्नत उपचारका लागि उहाँ गत जनवरीमा लन्डन गएकी थिइन् र मे महिनामा बङ्गलादेश फर्किनुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij