Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लहानमा घर–घर शौचालय अभियान सुरु, दुर्गम वडाबाट निरन्तरता

लहानमा घर–घर शौचालय अभियान सुरु, दुर्गम वडाबाट निरन्तरता

लहान :  लहान नगरपालिकाले घर–घर शौचालय अभियानको शुरुवात शौचालय दिवसको अवसरमा गरेको छ। अभियानको निरन्तरता दुर्गम गाउँबाट सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बताए अनुसार, लहान नगरपालिकामा आठ वर्षअघि २०७४ सालमा खुला दिसामुक्त घोषणा गरिए पनि हाल १७ प्रतिशत नागरिक अझै खुला दिसा गर्ने गरेका छन्। यसैले पुनः स्वच्छता अभियान सुरु गर्नु परेको हो। नगरपालिकाले चार हजार २०१ शौचालय निर्माणका लागि तयारी गरेको छ।

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले वडाअधिकारक, शिक्षक, विद्यार्थी, समाजसेवी र जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै अभियानको महत्व र सफलताका लागि सहयोगको अपिल गर्नुभयो। उहाँले भन्नुभयो, “खुला दिसामुक्त लहान नगरपालिकामा १७ प्रतिशत नगरवासी खुला दिसा गर्ने तथ्यांक देखिएको छ। शौचालय निर्माण मात्र पर्याप्त छैन, यसको सदुपयोगका लागि स्वच्छतासम्बन्धी सचेतना आवश्यक छ।”

नगरप्रमुख चौधरीले दुर्गम, विपन्न र दलित समुदाय रहेका वडामा अभियानको निरन्तरता सुरु गरिएको र वडामा निर्माण गर्नुपर्ने ५३८ शौचालयको लागि आवश्यक सहयोग प्रदान गरिने जानकारी दिनुभयो।

स्वच्छता अभियानको उद्घाटन कार्यक्रममा लहान वडा नं. २४ का जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक अगुवा, दलित जनकल्याण युवा क्लव र सामाजिक सहजकर्ताहरूको व्यापक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij