Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

"पश्चिम नवलपरासीमा एआई एक्सरे शिविरद्वारा क्षयरोगी पहिचान"

"पश्चिम नवलपरासीमा एआई एक्सरे शिविरद्वारा क्षयरोगी पहिचान"

पश्चिम नवलपरासी  : पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनमा समुदायस्तरमा शिविर सञ्चालन गरी क्षयरोग (टिबी) रोगीहरूको खोजी गरिएको छ। रामग्राम–१८ बन्जरीयामा एआई प्रविधिसहितको एक्सरेमार्फत शङ्कास्पद बिरामीहरूको परीक्षण गरिएको थियो।

विराट मेडिकल ट्रस्टसँगको सहकार्यमा आयोजित शिविरमा छातीमा समस्या देखिएका व्यक्तिहरूको परीक्षण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो। नगर प्रमुखले ग्रामीण भेगमा शिविर सञ्चालनले जनतालाई सहज सेवा उपलब्ध हुने र आगामी दिनमा अन्य स्थानमा पनि यस्ता शिविर सञ्चालन हुने बताउनुभयो।

शिविरमार्फत एआई एक्सरेद्वारा सम्भावित बिरामीहरूको फोक्सोको अवस्था विश्लेषणसहित पहिचान गरिएको छ। जनस्वास्थ्य निरीक्षक सुरज हरिजनका अनुसार, लक्षण नदेखिए पनि शरीरभित्र क्षयरोगका किटाणु हुनसक्ने भएकाले एआई एक्सरेले रोगी पहिचानमा सहयोग गरेको छ।

रामग्राम शिविरमा २४० जनाको परीक्षण गर्दा ४० जना शङ्कास्पद बिरामी भेटिएका थिए। पाल्हीनन्दन गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा १७९ जनाको परीक्षण गर्दा ६० जना शङ्कास्पद भेटिएको विराट मेडिकल ट्रस्टकी जिल्ला कार्यक्रम संयोजक आस्था शर्माले जानकारी दिइन्।

नवलपरासी जिल्लामा क्षयरोगीको संख्या बढ्दै गएको छ। हाल जिल्लामा चार सय बढी सक्रिय क्षयरोगी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij