Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एपोलो डेन्टल क्लिनिकद्वारा ‘सिग्मा एलाइनर्स’ सेवा सुरु

एपोलो डेन्टल क्लिनिकद्वारा ‘सिग्मा एलाइनर्स’ सेवा सुरु

भरतपुर : भरतपुरको पारस बसपार्कस्थित एपोलो डेन्टल क्लिनिकले आधुनिक प्रविधि प्रयोग गर्दै ‘सिग्मा एलाइनर्स’ सेवा सुरु गरेको छ। बाँका–टेढा दाँत, दाँतबीचको खाली ठाउँ र दन्त सन्तुलन सुधार गर्न प्रयोग हुने यो पारदर्शी एलाइनर दुई दिनभित्रै तयार हुने क्लिनिकले जनाएको छ। क्लिनिकका सह–प्रा. डा. बासुराज पाण्डेका अनुसार, एलाइनर डिजिटल थ्रीडी स्क्यानिङमार्फत कस्टम–मेड तरिकाले तयार गरिन्छ । पारम्परिक धातुका ब्रेसेसको तुलनामा आरामदायी, बाहिरबाट कम देखिने र दैनिक जीवनमा कम असहज हुने भएकाले यसको माग पछिल्लो समय उल्लेख्य रूपमा बढेको उनले बताए।

डा. पाण्डेका अनुसार, सिग्मा एलाइनरले उपचार अवधि छोट्याउने, मुख स्वच्छता सहज बनाउने र उपचारको सौन्दर्य पक्षलाई प्राथमिकता दिने भएकाले बिरामीको रोजाइ बढिरहेको छ। यसअघि बिरामीले स्क्यान गरेपछि बाहिर पठाएर एलाइनर बनाउनु पर्थ्यो, तर अब क्लिनिकमै निर्माण हुने भएकाले सेवा द्रुत र सहज भएको छ।

क्लिनिकले विशेषज्ञ दन्त चिकित्सक, अत्याधुनिक एलाइनर फेब्रिकेसन ल्याब, सुरक्षित र स्वच्छ वातावरणमा गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने जनाएको छ। यस सेवाले भरतपुर र आसपासका बिरामीलाई एकै ठाउँमा द्रुत, सुविधाजनक र अत्याधुनिक दन्त उपचार प्राप्त हुने विश्वास बढाएको छ। एपोलो डेन्टल क्लिनिकको यो नवीनतम सेवा दन्त उपचारमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने नयाँ कदमको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij