काठमाडौं : एभरेष्ट महिला भलिबल लिग(इडब्ल्यूभीएल) को दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्वीसले जितेको छ।जारी संस्करणमा अपराजित रहँदै कर्णालीले उपाधि जितेको हो।दशरथ रङ्गशाला कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा ललितपुर क्विन्सलाई ३-२ ले पराजित गर्दै कर्णालीले उपाधि जितेको हो।
कर्णालीले ललितपुरलाई २६ -२४, २५-१७, १३- २५, १७-२५ र १५-८ ले हराउँदै उपाधि जितेको हो।पहिलो र दोस्रो सेट जितेको कर्णालीले तेस्रो र चौथो सेट गुमाएको थियो। पाँचौं सेटमा कमब्याकसहित यश्वीसले उपाधि जित्यो।
पहिलो संस्करणको उपविजेता रहेको ललितपुर दोस्रो संस्करणमा पनि उपविजेतामै चित्त बुझायो। तेस्रो र चौथो सेट जितेको ललितपुरले पाँचौं सेटमा कमब्याक गर्न नसक्दा पहिलोपटक उपाधि जित्ने मौका गुमाएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij