Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेत्रहीन महिला टी–२० विश्वकप : नेपाल भारतसँग ८५ रनले पराजित

नेत्रहीन महिला टी–२० विश्वकप : नेपाल भारतसँग ८५ रनले पराजित

काठमाण्डाै :  भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बेङ्गलुरुमा आज भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ८५ रनले पराजित भयो ।भारतले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २४ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो ।

प्रतियोगितामा यो नेपालको पहिलो हार हो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ९ विकेटले हराएको थियो । नेपालले अब तेस्रो खेलमा भोलि अस्ट्रेलियासँग खेल्नेछ ।

नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल खेल आउँदो मङ्सिर ७ गते हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा भारत, नेपालसहित, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ वटा देशको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij