Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौद्धारा पोखरा पराजित

एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौद्धारा पोखरा पराजित

काठमाडौँ :  एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डौ स्पाइकर्सले पोखरा निन्जाजलाई ३–१ को सेटमा हराएको छ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा काठमाण्डौले पोखरालाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा २५–१७ र चौथो सेटमा २५–१८ ले हरायो । पोखराले तेस्रो सेट २५–१२ ले जित्यो । यस्तै अहिले अर्काे खेलमा लुम्बिनी लाभाज र मधेश युनाइटेडबीच प्रतिस्पर्धा भइरहेको छ ।

गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । हिजोदेखि प्रतियोगिता फेरि शुरू भएको हो ।

६ वटा टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यही २९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij