Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

झापा महिला गोल्डकपको उपाधि पुलिसलाई, एपीएफ १–० गोलले पराजित

झापा महिला गोल्डकपको उपाधि पुलिसलाई, एपीएफ १–० गोलले पराजित

काठमाडौँ  : झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको हो ।

खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक बन्यो । नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij