Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फाइनलमा किर्गिस्तानसँग पराजित, नेपाल काभा यू–१९ भलिबलमा दोस्रो

फाइनलमा किर्गिस्तानसँग पराजित, नेपाल काभा यू–१९ भलिबलमा दोस्रो

काठमाडौँ : नेपालले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ ।

श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो । किर्गिस्तानले नेपालमाथि २२–२५, २५–२०, २५–२१, १३–२५, १५–११ को जित निकालेको हो ।

चार टोली सहभागि प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलङ्का र माल्दिभ्सलाई हराएको थियो । यस्तै नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई पन्छाउँदै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij